गृहपृष्ठ ईसेवाबाट मनकामना केबलकारकाे टिकट काट्दा हिराको हारदेखि आइफोनसम्म उपहार
ईसेवाबाट मनकामना केबलकारकाे टिकट काट्दा हिराको हारदेखि आइफोनसम्म उपहार
ईसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सार्वजनिक गरेकाे छ । योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टीभी र एक जनाले वासिङ मेसिन जित्न सक्नेछन् ।
साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा ईसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन ईसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ ।
अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि ईसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।
प्रकाशित समय : २०:१७ बजे