गृहपृष्ठ नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौं आइपुगे
नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौं आइपुगे

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न काठमाडौं ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
काठमाडौंमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मंगाेलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको अनुभव पनि छ ।
राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नेछन् ।
प्रकाशित समय : ००:४२ बजे