nmb bank

गृहपृष्ठ एसीसी महिला टी-२० च्याम्पियनसिप : लगातार दोश्रो जितकाे खाेजीमा नेपाल

एसीसी महिला टी-२० च्याम्पियनसिप : लगातार दोश्रो जितकाे खाेजीमा नेपाल

एसीसी महिला टी-२० च्याम्पियनसिप : लगातार दोश्रो जितकाे खाेजीमा नेपाल

एसीसी महिला टी-२० च्याम्पियनसिप २०२२ को दोश्रो खेलमा आज नेपालले कुवेतविरूद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने खेल नेपाली समयानुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

आजको खेल जित्दै नेपाल प्रतियोगितामा लगातार दोश्रो जित निकाल्न चाहन्छ । कुवेत पहिलो जितको खोजीमा हुनेछ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको थियो । कुवेत र बहराइनबिचको खेल वर्षाका कारण अवरुद्ध भएका कारण दुवै टोलीले एक/एक अंक बाँडेका थिए । प्रतियोगितामा नेपालसँगै १० वटा राष्ट्रको सहभागिता रहेको छ । यी १० वटा टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

भुटान, हङकङ, कुवेत र बहराइनसहित प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै समूह ‘ए’मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

समूह चरणको खेलमा शीर्ष दुई टोलीले सेमिफाइनलकाे यात्रा तय गर्नेछन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा स्थान पक्का गर्नेछ ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु