nmb bank

गृहपृष्ठ एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए । 

उनले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’ एमसीसी र एसपीपी दुवै परियोजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ ।’

 पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु