गृहपृष्ठ बस दुर्घटनामा २५ जना घाइते
बस दुर्घटनामा २५ जना घाइते

सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नम्बरको बस अनियन्त्रित भइ सडक छेउको खाल्डोमा खसेको थियो ।
विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भइ दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
प्रकाशित समय : ०३:४५ बजे