nmb bank

गृहपृष्ठ रोनाल्डोविरुद्ध परेको बलात्कार मुद्दा खारेज

रोनाल्डोविरुद्ध परेको बलात्कार मुद्दा खारेज

रोनाल्डोविरुद्ध परेको बलात्कार मुद्दा खारेज

अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गरेका छन् । आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै मुद्दा खारेज गरेका हुन् ।

क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा छोडेको बताइएको छ । मेयोर्गा र उनको कानुनी टिमलाई त्यसपश्चात रोनोल्डोको वकिल अथवा प्रतिनिधिले धम्कि दिएको वा कानुन कार्यान्वयनमा बाधा पुर्‍याएको कुनै प्रमाण अदालतले फेला नपरेको समेत जनाएको छ ।

घटनालगत्तै सम्झौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ ​।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु