nmb bank

गृहपृष्ठ ‘अनर एक्स सिरिज’का तीनवटा फाेन सार्वजनिक हुँदै

‘अनर एक्स सिरिज’का तीनवटा फाेन सार्वजनिक हुँदै

‘अनर एक्स सिरिज’का तीनवटा फाेन सार्वजनिक हुँदै

अनर नेपालले अनर एक्स सिरिजका फोनहरु नेपालमा पनि सार्वजनिक गर्ने भएको छ । कम्पनीले यस श्रृंखलाका तीनवटा फोन नेपालमा सार्वजनिक गर्नलागेको हो ।

यसअनुसार अनर एक्स७, एक्स८ र एक्स९ फोन सार्वजनिक हुनेछन् । यी फोनको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल रहेको छ । यी फोनमा लामो समय टिक्ने ब्याट्री, सुपर चार्ज सुविधायुक्त प्रविधिलगायत छन् । एक्स७ मा ५ हजार एमएएच ब्याट्री, अल्ट्रा लंग ब्याट्री लाइफ रहेको कम्पनीको दाबी छ । एकपटक चार्ज गर्दा २० घण्टा अनलाइन भिडियो स्ट्रिम गर्न सकिनुका साथै ४९ घण्टा फोन कल गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीले यो महिनाको तेस्रो हप्ताबाट फोन अनलाइन र अफलाइन रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य खुलाएकाे छैन । तर, मूल्य किन्न सकिने सुपथ हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु