गृहपृष्ठ युगान्डामा करिब ५ लाख मानिस भाेकमरीकाे चपेटामा
युगान्डामा करिब ५ लाख मानिस भाेकमरीकाे चपेटामा

युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले सहयोगका लागि आह्वान गरेका छन् । त्यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परिसकेकाे बताइएकाे छ ।
युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्र संघीय एजेन्सीहरूका अनुसार त्यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।
त्यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ। खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरूले त्यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।
यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरूले अहिलेकै अवस्था रही आएमा चरम खाद्यान्न अभाव हुने र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।
प्रकाशित समय : १८:०८ बजे