गृहपृष्ठ युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रवि भक्त श्रेष्ठ नियुक्त
युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रवि भक्त श्रेष्ठ नियुक्त

युनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठ नियुक्त भएका छन् । उनललाई जेठ २३ गते बसेको २८औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको हो ।
बिमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति जेठ २६ गते नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बिमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष अनुसूची १ बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
सोपश्चात कम्पनीको केन्द्रीय कार्यलयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरुले अध्यक्ष श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ गरेका हुन् ।
प्रकाशित समय : १७:५१ बजे