गृहपृष्ठ नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै ‘रेड्मी नोट ११’

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै ‘रेड्मी नोट ११’

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै ‘रेड्मी नोट ११’

रेड्मी नोट ११ लाई नेपालको नम्बर १ स्मार्टफोनका रुपमा उल्लेख गरिएको छ । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्रयाकर, क्यु १-२०२२ को विज्ञप्तीअनुसार रेड्मी नोट ११ लाई नम्बर १ स्मार्टफोन मानिएको हो ।

शाओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ ‘ए’ पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनिय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६ र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदीसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसको अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्‍याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३००० भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । 

उसले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवसँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु