global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा १०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा १०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबीच भुक्तानी लगायतका विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको  ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु