गृहपृष्ठ मोरङको गछियामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

मोरङको गछियामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

मोरङको गछियामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

‘समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका–३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा रायमाझीसहित उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायममुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नम्बर १ का प्रमुख राजेश ढकाललगायतको उपस्थिति रहेको थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत् आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ । 

सातलाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापना गरिसकेको छ । साथै बैंकका हालसम्म ९७ एटीएम रहेका छन् ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु