गृहपृष्ठ फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपांगता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकाेमा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपांगता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।

पहेँलो कार्ड भएकालाई मासिक ५०० र र सेतो कार्ड भएकालाई मासिक ३०० का दरले अपांगता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ ।

सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताए । हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

स्वास्थ्य शिविरमा २७२ जनाले सेवा लिए पाल्पाको निस्दी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर २७२ नागरिकले सेवा लिएका छन् । शिविरमा एक जना कुष्ठरोगी र १० जनामा शंकास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए । तीन जनामा भिआईए पोजेटिभ, दुई जनामा सर्भाइकल पोलिप र एक जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ ।

शिविरबाट चार महिलाको पाठेघर खस्ने समस्या देखिएको छ । दुई जनाले रिङ प्रेसरी, एक जनाले सिस्टोसिल र दुई जनाले इम्प्लान्ट सेवा लिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको हो ।

सदरमुकाम तानसेनदेखि टाढा रहेको यस गाउँपालिकामा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको छ ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु