गृहपृष्ठ कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालमा विशेष छुट

कुमारी बैंक लिमिटेड र सुदूरपश्चिमको कैलाली, लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचारसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटीएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु