nmb bank

गृहपृष्ठ आइएमई ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमई ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमई ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

योजनाअन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये कूल २१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीमुखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे ।

यो योजना यही जेठ १५ जेठदेखि १५ असार २०७९ (२९ जुन देखि २९ जुलाई २०२२) सम्म जम्मा ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेब साइट एवं सञ्चारका माध्यममार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागू गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु