गृहपृष्ठ अझै केही दिन वर्षाको सम्भावना

अझै केही दिन वर्षाको सम्भावना

अझै केही दिन वर्षाको सम्भावना

अझै केही दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं. एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश नं. एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव दुई डिग्री र सबैभन्दा धेरै डडेलधुराको अधिकतम तापक्रम ३७ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु