nmb bank

गृहपृष्ठ अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए। 

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । 

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु