nmb bank

गृहपृष्ठ स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तराबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तराबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तराबद्धताको लागि सम्झौता

भुक्तानी सेवा दिइरहेको स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तराबद्धताको सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तराबद्धताको लागि दिएको निर्देशनअनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जनाएको छ ।

यस सम्झौतापश्चात् फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्कअन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापार-व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरुमार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु