गृहपृष्ठ अमेरिकी उपमन्त्री जियाले आज उच्चस्तरीय भेटवार्ता गर्ने

अमेरिकी उपमन्त्री जियाले आज उच्चस्तरीय भेटवार्ता गर्ने

अमेरिकी उपमन्त्री जियाले आज उच्चस्तरीय भेटवार्ता गर्ने

नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुगेकी छन् । उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिएकी हुन् ।

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार जियाले नेपाल भ्रमणको दौरानमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जियाले गृहमन्त्री बालकृष्ण खाण र मुख्य-सचिव शंकरदास वैरागीसँग पनि शनिबार नै भेटवार्ता गर्ने छिन् ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु