nmb bank

गृहपृष्ठ सोलुखुम्बुको सोताङमा दोहोरो झडप हुँदा एकको मृत्यु

सोलुखुम्बुको सोताङमा दोहोरो झडप हुँदा एकको मृत्यु

सोलुखुम्बुको सोताङमा दोहोरो झडप हुँदा एकको मृत्यु सांकेतिक तस्बिर ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी सुनिलजंग शाहले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो । दमको विरामी ती वृद्धाको शुक्रबार साँझनै मृत्यु भएको थियो ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु