गृहपृष्ठ स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द
स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द
स्थानीय तहको निर्वाचनको दिन आज देशभर मतदान हुँदैछ । आफ्नो घरको नजिकैको मतदान केन्द्रमा गएर मतदाताहरु मत हाल्न थालेका छन् । बिहानैदेखि पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ ।
निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए ।
तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।
एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ११:४६ बजे