गृहपृष्ठ बुटवलमा डिश होम फाइबरनेटको शाेरूम सञ्चालन

बुटवलमा डिश होम फाइबरनेटको शाेरूम सञ्चालन

बुटवलमा डिश होम फाइबरनेटको शाेरूम सञ्चालन

डिश होम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सह-वितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरूम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले शोरुमको उद्घाटन गरे । उनले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिश होमको फाइबरनेट प्रयोगकर्ता ८ हजारभन्दा बढी पुगेको र ग्राहकको बढ्दो आकर्षण रहेको बताए । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिश होम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको जनाइएको छ ।

अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरूमले मद्दत गर्ने सञ्चालक विवेक गुप्ताले बताए ।

प्रकाशित समय : ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु