गृहपृष्ठ राजस्व चुहावट गरेको अभियोगमा मुद्दा
राजस्व चुहावट गरेको अभियोगमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि करविरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले रु १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आरोपी अन्तरा इन्टरनेसनलले रु आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपीविरुद्ध शतप्रतिशत जरिबानासमेत गरी रु १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
प्रकाशित समय : २२:५७ बजे