गृहपृष्ठ सेयर बजारमा १२ अंककाे वृद्धि, काराेबार रकममा सुधार
सेयर बजारमा १२ अंककाे वृद्धि, काराेबार रकममा सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि दोहोरो अंकले वृद्धि भएकाे छ । नेप्सेमा आइतबार १७ र आज सोमबार १२.२७ अंकले बढेको हो । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । आज ३३ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भए ।
जीवन बिमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल/टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको गिरावट आएको छ । यसबाहेक लघुवित्त समूह ६० अंकले बढ्दा निर्जीवन बीमा समूह ५७ अंक र व्यापार समूह ३५ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहमा २७ अंकको सुधार आउँदा बैंक समूह १४ अंकले बढेको छ । यस्तै, जलविद्युत, अन्य, वित्त र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।
प्रकाशित समय : २१:५६ बजे