nmb bank

गृहपृष्ठ जिम्बावेद्वारा नेपाललाई २१४ रनको लक्ष्य

जिम्बावेद्वारा नेपाललाई २१४ रनको लक्ष्य

जिम्बावेद्वारा नेपाललाई २१४ रनको लक्ष्य

पाहुना टोली जिम्बावे 'ए'ले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितको लागि २ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो । मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको छ ।

जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४, सेफासले १६ तथा इनोसेन्ट कियाले १२ रन बनाए । लुक जोग्वी १९ रनमा आउट भए । नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु