गृहपृष्ठ थप १७ जनामा कोरोना पुष्टि, २१ जना संक्रमणमुक्त
थप १७ जनामा कोरोना पुष्टि, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र काेराेनाका कारण कसैको मृत्यु भएकाे छैन । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय : २१:४४ बजे