गृहपृष्ठ सुनको मूल्य तोलाको ९८ हजार ६००
सुनको मूल्य तोलाको ९८ हजार ६००

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य ६०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २८५ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित समय : १७:०५ बजे