nmb bank

गृहपृष्ठ यूनेस्कोको निम्तो मान्न मोदी लुम्बिनी आउँदै, काठमाडौंको तालिका के छ ?

यूनेस्कोको निम्तो मान्न मोदी लुम्बिनी आउँदै, काठमाडौंको तालिका के छ ?

यूनेस्कोको निम्तो मान्न मोदी लुम्बिनी आउँदै, काठमाडौंको तालिका के छ ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने गरिरहेको छ ।

बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले २ जेठमा लुम्बिनीमा आयोजना गर्नेे विशेष कार्यक्रममा मोदी सहभागी हुनेछन् । स्रोतका अनुसार मोदी समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँगै लुम्बिनीमा आयोजना हुने यूनेस्कोको उक्त कार्यक्रममा सँगै सहभागी हुने भए पनि काठमाडौं आउने कार्यतालिका भने छैन ।

मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु