गृहपृष्ठ काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेको रोशी गाउँपालिका-११ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थयात्रु सवार यूपी ५८ टी ८१८१ नम्बरको मिनिबस र ना १ ज ४२१० नम्बरको टाटा सुमो जीप ठोक्किएकाे काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिए ।

मृत्यु हुनेमा टाटा सुमोमा सवार रहेका ६ वर्षीय बालक र उनकी आमासहित ५ जना रहेका छन् । मृतक सबैको सनाखत भएको छैन । १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । भारतीय बस जनकपुरका लागि छुटेको र टाटा सुमो सिन्धुलीबाट आइरहेको बताइएकाे छ ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु