गृहपृष्ठ जिम्बावेद्वारा नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत
जिम्बावेद्वारा नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत

जिम्बावे ‘ए’ले तेस्रो तथा अन्तिम टी२० अभ्यास खेलमा नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको हो ।
जिम्बावेका लागि रोय काइयाले सर्वाधिक ४९ रन बनाए। उनले ४१ बलमा ७ चौका प्रहार गरे । यता, तादिवानाशे मारुमनीले ३० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । ल्यूक जोङवेले अविजित २३ रन बनाउँदा इनोसेन्ट काइयाले १४ रन बनाए । जिम्बावेका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए ।
प्रकाशित समय : २०:५४ बजे