गृहपृष्ठ नेपाल र जिम्बावेबीच आज दोस्रो खेल

नेपाल र जिम्बावेबीच आज दोस्रो खेल

नेपाल र जिम्बावेबीच आज दोस्रो खेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध आज दोस्रो खेल खेल्दैछ । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने नेपाल क्रिकेट एसाेसिएसन (क्यान)ले जनाएकाे छ ।

टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बावे लगातार जितको खोजीमा हुनेछ । 'आइसीसी पुरुष क्रिकेट विश्व कप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलेको हो ।

सिरिजअन्तर्गत नेपालले पाहुना टोली जिम्बावे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु