गृहपृष्ठ काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आज देशभरको मौसम ?

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आज देशभरको मौसम ?

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आज देशभरको मौसम ?

हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर-१, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि आज बिहानदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस, बागमती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदली रहनेछ । प्रदेश-१, मधेस र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु