गृहपृष्ठ मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएको हो ।

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा मेलम्चीको पानी पुगि सक्नेछ । गत वैशाख ११ गते मिनभवनबाट मेलम्चीको पानी आंशिक रूपले वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने भएको हो ।

मेलम्चीको १७ करोड लिटर पानी थपिएसँगै अब उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयुकेएलले जनाएको छ ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु