गृहपृष्ठ प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका एक जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका हुन् । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।

उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रकाशित समय : २३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु