गृहपृष्ठ ‘भरतपुर र रेणु नै चाहिन्छ भनेका छैनौं, साँझसम्म गठबन्धनमा सहमति भइसक्छ’
‘भरतपुर र रेणु नै चाहिन्छ भनेका छैनौं, साँझसम्म गठबन्धनमा सहमति भइसक्छ’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भरतपुर र रेणु दाहालको मात्रै अडान नराखेको बताएका छन् । ‘भरतपुरै नभए हुँदैन । रेणु नै नभए होइन भन्ने होइन । गठबन्धनले जुन महानगर दिने भए पनि हुन्छ भनेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘तर रेणुले पहिला पनि जितेको र भरतपुर अहिले पनि सजिलो हुन्छ भन्नेमात्रै हो ।’
उनले आज साँझसम्म सबै महानगर र उपमहानगर पालिकाको बाँडफाँटमा सहमति भइसक्ने पनि बताए । उनले भने, ‘महानगरमा लगभग सहमति भइसकेको छ, साँझसम्म तालमेलबारे एउटा निष्कर्षमा पुग्छौं । साँझसम्म उपमहानगरमा पनि तालमेलको निष्कर्ष आउँछ ।’
बेलुकासम्म जिल्लाका रिपोर्टहरू केन्द्रित गरेर नगरपालिकाबारे मंगलबारसम्म निर्णय हुने उनले बताए । ‘तर सहमति नभएमा माओवादी एक्लै पनि जानसक्छ । एक्लै लड्ने तयारी त हामीले तीन महिनाअघि नै गरेका हौं,’ उनले भने ।
प्रकाशित समय : २०:३० बजे