nmb bank

गृहपृष्ठ आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् । नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषदको पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रीपरिषदका सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए । देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु