गृहपृष्ठ सरकारले आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने, असारसम्म लागू हुने

सरकारले आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने, असारसम्म लागू हुने

सरकारले आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने, असारसम्म लागू हुने

सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालय र निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्नु पर्नेछ,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू हुने छैन ।’

अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुँदा नम्बर १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौती गर्ने उल्लेख छ । तर, बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषदकाे बैठकले चालु आर्थि वर्ष २०७८/७९ मा इन्धन शिर्षकमा विनियोजित बजेटमा थप कटौती गर्ने निर्णय गरेको थियो ।

‘छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने र यो कटौती हाललाई २०७९ असार मसान्तसम्म लागू हुने छ,’ मन्त्रालयकाे सूचनामा उल्लेख छ । यो निर्णय पालनको अनुगमन केन्द्रीय निकाय, सबै संवैधानिक निकाय र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थ मन्त्रालयले जनाएको छ ।

सूचना :

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु