गृहपृष्ठ मिलेर देशकाे आर्थिक अवस्था सुधाराैं, आपसमा गाली नगरौं : चन्द्र ढकाल (सम्बाेधनकाे पूर्णपाठ)
मिलेर देशकाे आर्थिक अवस्था सुधाराैं, आपसमा गाली नगरौं : चन्द्र ढकाल (सम्बाेधनकाे पूर्णपाठ)

नेपालमा पछिल्लो समय बाह्य लगानी उत्साहजनक रुपमा भित्रिन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी चन्द्र ढकालले बताएका छन् । आजदेखि सुरु भएको महासंघको ५६औँ साधारणसभालाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।
उनले नेपालकाे अवस्था श्रीलंकाकाे जस्ताे नहुने दाबी गरे । उनले भने, 'विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन । रकम आप्रवाह पनि त हुन्छ । त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो । एक अर्कालाई गाली नगरौं ।'
नेपालमा पछिल्ला वर्षमा आएका बाह्य लगानीको आँकडालाई मात्र हेर्ने हो भने पनि त्यो लगभग प्रतिमहिना करिब दुई/साढे दुई अर्बको हाराहारीमा मात्र रहेको उनले जनाए । 'याे अत्यन्त नगन्य हो । पटक-पटक लगानी सम्मेलन भएको, नीतिगत सुधारमा जोड, आर्थिक एजेन्डामा सबै राजनीतिक दल एकमत, अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा प्रतिवद्धता, विकासमा निजी क्षेत्रको सहभागिता, निर्यातमुखी वृद्धिमा जोड, विश्वव्यापीकरण र भूमण्डलीकरणमा प्रतिवद्धता रहँदा-रहँदै पनि लगानी आकर्षणमा नेपाल पछि परेको छ,' उनले भने ।
सम्बाेधनकाे पूर्णपाठ:
प्रकाशित समय : ००:५८ बजे