गृहपृष्ठ पाकिस्तानकाे नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शाहबाज निर्वाचित

पाकिस्तानकाे नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शाहबाज निर्वाचित

पाकिस्तानकाे नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शाहबाज निर्वाचित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ देशको २३औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । सोमबार राष्ट्रिय सभामा भएको मतदानमा शाहबाजले १७४ मत पाए । बहुमतका लागि १७२ मत आवश्यक पर्छ ।

पाकिस्तान तेहरीक-ई-इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शाहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएकाे हाे । सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् ।

पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।

प्रकाशित समय : ००:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु