गृहपृष्ठ चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, यस्तो छ आजको तालिका

नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं अवतरण भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चीनको राज्यपरिषद् सदस्यसमेत रहेका विदेशमन्त्री यीले शनिबार बिहान हाइकिङ गर्ने कार्यक्रम रहेको थियो ।

आजै अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन-नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट हुनेछ । प्रधानमन्त्री र विदेशमन्त्री वाङ यीको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्य दृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम छ ।

यीले शनिबार साँझनै परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । आइतबार भने विदेशमन्त्री यीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीको टोली नेपाल आएको हो ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु