nmb bank

गृहपृष्ठ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई पीएनजीको विशाल लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई पीएनजीको विशाल लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई पीएनजीको विशाल लक्ष्य

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजी २ सय ९३ रनको बलियो लक्ष्य नेपाललाई प्रस्तुत गरेको छ ।

टस  जितेर नेपाल पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको पाहुना टोली निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पूरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहर गर्दै सर्वाधिक इनिङ खेले । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा  रहँदा सिमोन अटाइले २ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । सन्दिप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु