global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, पौडेल पक्ष छुट्टै छलफलमा

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, पौडेल पक्ष छुट्टै छलफलमा

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, पौडेल पक्ष छुट्टै छलफलमा

कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठकमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदैछ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु