गृहपृष्ठ विद्युत प्राधिकरणले आजबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने
विद्युत प्राधिकरणले आजबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने
नेपाल विदयुत प्राधिकारण आजबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने भएको छ । नेपाल विदयुत प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रतियुनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ ।
यो मूल्यमा भने प्राधिकरणले विदयुत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केही दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । उनका अनुसार विगत केही दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ती नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ । रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।
भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विदयुत कटौती अर्थात् लोडसेडिङ गरेको थियो । जसका कारण बुधबार रातिदेखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित थिएन । आजबाट भने समस्या नआउने प्राधिकरणको भनाइ छ ।
प्रकाशित समय : २०:१७ बजे