काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बैंक अफ काठमाण्डूले सुरु गर्‍यो हेल्पलाईन सेवा

14.32K
shares

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको हो । यस हेल्पलाईन सेवाअन्तर्गत ग्राहकले बैंकको कुनैपनि डिजिटल कारोबारको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्ने बैंकले जनाएको छ । बैंकको मोबाईल बैंकिङ इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पीओएसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकले हेल्पलाईन नम्बर ०१-५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधै सहयोग लिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।