गृहपृष्ठ सेञ्चुरी बैंकको निःशुल्क दन्तशिविर, १०८ जना स्थानीय लाभान्वित

सेञ्चुरी बैंकको निःशुल्क दन्तशिविर, १०८ जना स्थानीय लाभान्वित

सेञ्चुरी बैंकको निःशुल्क दन्तशिविर, १०८ जना स्थानीय लाभान्वित

सेञ्चुरी कमर्सियल बैंककाे पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्तशिविर कार्यक्रम गरेको छ । साेमबार आयोजना गरिएको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु