गृहपृष्ठ अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् । सिंहकाे नेतृत्वमा सिंगै दल र अभिनेत्री मानन्धर नेकपा एमालेमा प्रवेश गरेका हुन् । सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय थिइन् ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु