गृहपृष्ठ अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको पार्टी एमालेमा प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको पार्टी एमालेमा प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको पार्टी एमालेमा प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको पार्टी मंगलबार (आज) एमालेमा प्रवेश गर्दैछन् । केही समयअघिसम्म नयाँ शक्ति नेपाल नाम गरेको पार्टीमा आवद्ध भएर राजनीति गरेकी अभिनेत्री मानन्धर केही समय निष्क्रिय रहेर अहिले एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

त्यसैगरि पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नै एमालेमा प्रवेश गर्दैछ । सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । 

मंगलबार दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु