गृहपृष्ठ युएईसँग दोस्रो खेलमा पनि नेपाल पराजित

युएईसँग दोस्रो खेलमा पनि नेपाल पराजित

युएईसँग दोस्रो खेलमा पनि नेपाल पराजित

'आइसीसी विश्वकप लिग टू क्रिकेट'अन्तर्गत जारी त्रि-कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो ।

ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए । यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक/एक विकेट लिएका थिए । पहिलो खेलमा पपुवा न्यूगिनीलाई २ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । अब नेपालले भोलि मंगलबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

अहिलेसम्मकाे नतिजाअनुसार ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १८ खेलमा १० मा जित र ६ मा हारसहित २२ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंक भए पनि रनरेटका कारण चौथो स्थानमा छ ।

नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ११ खेलमा ५ मा जित र ६ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १५ खेलमा १४ खेलमा हार र १ मा जितका साथ पुछारमा छ ।

प्रकाशित समय : ००:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु