nmb bank

गृहपृष्ठ खल्ती एपबाट बैंक ट्रान्सफर नि:शुल्क

खल्ती एपबाट बैंक ट्रान्सफर नि:शुल्क

खल्ती एपबाट बैंक ट्रान्सफर नि:शुल्क

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएकाे छ । यसमार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन् ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा रहेकाे कम्पनीले जनाएकाे छ । ‘खल्ती’बाट प्रतिकारोबार सीमा रकम ५० हजार र प्रतिदिन १ लाख रहेको छ । प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम नि:शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् ।

यो अफर चैत्र ७ देखि वैशाख ६ गतेसम्म लागू हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का जानकारी दिए ।

प्रकाशित समय : २३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु