गृहपृष्ठ अग्नि ग्रुपद्वारा महिन्द्रा ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना
अग्नि ग्रुपद्वारा महिन्द्रा ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना

अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधा सम्पन्न शोरुम हो ।
'दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,' कम्पनीले बताएकाे छ । शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथै सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए ।
यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषिकर्मीहरूलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएकाे छ ।
प्रकाशित समय : १८:३९ बजे